नियम ६९
बढुवाको लागि सम्भाव्य उम्मेदवार
(१) सेवाको समूह वा उपसमूहका अधिकृत तहको
रिक्त पदहरूमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्नको निमित्त रिक्त पदभन्दा एक तह
मुनिका सम्बन्धित समूह वा उपसमूह अन्तर्गत ऐनको दफा २६ बमोजिमको सेवा अवधि
पुगेका कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुनेछन् ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सेवाका समूह वा
उपसमूहका अधिकृत नवौं तहका रिक्त पदहरूमा कार्य क्षमताको मूल्याङ्कनद्वारा बढुवा
हुनको निमित्त रिक्त पद भन्दा एक तह मुनिको जनरल हेल्थ सर्भिसेज समूहको पदमा रही
ऐनको दफा २६ बमोजिमको सेवा अवधि पूरा गरेका र अनुसूची–७ मा तोकिएको
सम्बन्धित शैक्षिक योग्यता प्राप्त गरेका कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुन सक्नेछन् ।
(२) सहायक तहका पदहरूमा त्यसरी बढुवा गर्नको निमित्त सेवा अवधि पुगेका
देहाय बमोजिमका कर्मचारी सम्भाव्य उम्मेदवार हुनेछन् ः-
(क) मन्त्रालय तथा विभागमा रिक्त सहायक पदको लागि मन्त्रालय र
विभागमा कार्यरत सम्बन्धित समूह तथा उपसमूहको एक श्रेणी
मुनिको पदमा कार्यरत कर्मचारीहरू,
(ख) क्षेत्रीय निर्देशनालय र सो अन्तर्गतका कार्यालयहरूमा रिक्त
सहायक तहको पदको लागि सम्बन्धित क्षेत्रीय निर्देशनालय र
सो अन्तर्गतका कार्यालयहरूमा कार्यरत सम्बन्धित समूह तथा
उपसमूहको एक श्रेणी मुनिको पदमा कार्यरत कर्मचारीहरू ।
(३) उपनियम (२) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि
ऐन तथा यस नियमावली बमोजिम पदपूर्ति प्रतिशत निर्धारण भई बढुवाको लागि
पदसंख्या छुट्याई सकेपछि पदसंख्या छुट्याउनु अघि कार्यरत कर्मचारीको सरुवा अन्य
कार्यालयमा भए तापनि निजलाई साविक (सरुवा हुनु अघि) को कार्यालयमा छुट्याइएको
पदमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनबाट बञ्चित गरिनेछैन ।